English

सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा



इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो ।

सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए ।

अर्को खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्‍यो । लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे ।

अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४–० अन्तरको सहज जित निकाल्यो । प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।

योसँगै एफए कपको सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि….
पीएसजीको पोस्टमा मोनाकोको तीन गोल

राजर्षि जनक कप : पिप्ले सेमिफाइनलमा
इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड १ विकेटले पराजित
क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested