English

कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ



अभिनेत्री दीपाश्री निरौला, अभिनेता सरोज खनाल, गीतकार दयाराम पाण्डे लगायतका कलाकारहरूको फेसबुक ह्याक गर्ने बालक पक्राउ परेका छन् । फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग गर्ने पर्सा, बहुदरमाई नगरपालिकाका १४ वर्षीय बालकलाई प्रहरीले सोमबार पर्साबाट पक्राउ गरेको हो ।

ती बालकले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुर गरेको पाइएपछि जिल्ला अदालत काठमाडौंको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको साइबर ब्युरोका प्रमुख डिआइजी रामकृपाल साहले जानकारी दिए । ‘गत सोमबार साइबर ब्युरोमा सुरुमा फेसबुक ह्याक भयो भन्दै गीतकार दयाराम पाण्डे आउनुभयो । केही समयमै दीपाश्री र सरोज खनाल ह्याक भयो भन्दै आउनुभयो,’ साहले भने, ‘उहाँहरूको जाहेरीको आधारमा अनुसन्धान गर्दा १४ वर्षीय बालकले ह्याक गरेको पत्ता लागेपछि ती बालकलाई हिजो पक्राउ गरेर अनुसन्धान थालिएको छ ।’

पछिल्लो समय साइबर अपराधको क्रम बढ्दै गएको छ । ब्युरोमा मात्रै दैनिक ३० जनासम्म साइबर अपराधका निवेदन लिएर आउने गरेको साह बताउँछन् ।

No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested