English

मदिरा बजार व्यवस्थित गरे आत्मनिर्भर हुन गाह्रो छैन

मदिराको कर उठाउन बाहेक नीति निर्माण र व्यवस्थापनमा छैन सरकारको ध्यान


मदिरा । स्वास्थ्यका लागि हानिकारक भनिए पनि उपभोगमा अत्यधिक वृद्धि भइरहेको छ । अझ भनौँ नेपाली उत्पादनभन्दा विदेशबाट महँगोमा आयात गरिएको मदिरा नै उपभोग बढी गरिएको देखिन्छ । गत वर्ष मात्रै साढे दुई अर्ब बराबरको मदिरा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । अमेरिका, जर्मन, स्पेन, क्यानडा, भारत, ब्राजिललगायत विभिन्न राष्ट्रबाट उच्च कोटीका मदिरा आयात भएको विभागले जनाएको छ ।

पाँच वर्ष पहिला ९० प्रतिशत मदिरा आयात गरिन्थ्यो, तर आजभोलि त्यति धेरै आयात नभएर शोख र स्वादका लागि केही मदिरा आयात हुने गरेको नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष सोनाम शेर्पा बताउँछन् । ‘आयात गरिएका उच्च कोटीका मदिरा नेपालमा पनि उत्पादित छन्,’ उनले भने, ‘तर यस्ता मदिराको उत्पादन लागत बढी लाग्ने, ती मदिराको बजारीकरणमा समस्या हुने भएकाले आयात गरिएको हो ।’

कृष्णप्रसाद नेपाल
निवर्तमान अध्यक्ष, नेपाल मदिरा व्यवसायी महासङ्घ

लोकल मदिराले नेपाली माग पूर्ति भएको, तर व्यवस्थित नभएकोले अवैधानिक छ, यसलाई पनि व्यवस्थापन गर्न करको दायरामा ल्याउनुपर्छ ।

नेपालमा उच्च गुणस्तरको मदिरा उत्पादन नभएको होइन । तर, यहाँ उत्पादन नभएका मदिराको स्वाद लिनका लागि आयात गरिएको नेपाल मदिरा व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद नेपाल बताउँछन् । ‘विश्व बजारभरि एक–अर्काको वस्तुहरू उपभोग गर्ने प्रचलन छ, सोहीअनुसार नेपालमा पनि आयात गरिएको हो,’ उनले भने ‘कतिपयले उच्च कोटीको मदिरा पिउने भएका कारण आयात गरिन्छ ।’

आयातित मदिराभन्दा नेपालमा उत्पादित मदिराको गुणस्तर राम्रो रहेको जानकारहरूको भनाइ छ । तर, नेपालीलाई यसबारे चेतना नभएकै कारण दुई अर्बको मदिरा आयात गर्नुपरिरहेको नेपाल मदिरा व्यवसायी महासङ्घ मधेस प्रदेश (प्रदेश नं. २) का अध्यक्ष सुनील चौधरी बताउँछन् ।

स्थानीय मदिरा आफ्नै तौर तरिकाले उत्पादन गर्न पाउनुपर्छ, यद्यपि सरकारले ब्रान्डिङमा जोड दिनुपर्छ ।

सुनील चौधरी
अध्यक्ष, नेपाल मदिरा व्यवसायी महासङ्घ मधेस प्रदेश

आत्मनिर्भरको बाटो

स्थानीय मदिरालाई व्यवस्थित गर्न सके नेपालमा मदिराको माग पूर्ति गर्न सकिने जानकारहरूको विश्वास छ । हाल विदेशबाट आयात भएका उच्चकोटीका मदिरा यहीँ उत्पादन गर्न सकिन्छ, तर लागत बढी लाग्ने र बजार नपाउने भएकाले उत्पादन गर्न नसकिएको महासङ्घका अध्यक्ष शेर्पा बताउँछन् ।

आत्मनिर्भर हुनका लागि मदिराको बजार व्यवस्थापन हुन आवश्यक रहेको उनको भनाइ छ । मदिरा बिक्रीका लागि लाइसेन्स दिँदा सीमा तोकेर सोहीअनुसार उपलब्ध गराउनुपर्ने उनले बताए ।

हाल मदिराको लाइसेन्स बन्द गरिएको छ । तर, यसको लाइसेन्स खुलाएर नयाँ व्यवसायीलाई पनि मौका दिएमा अवश्य पनि मदिरामा आत्मनिर्भर हुन सकिन्छ

‘हाल मदिराको लाइसेन्स बन्द गरिएको छ । तर, यसको लाइसेन्स खुलाएर नयाँ व्यवसायीलाई पनि मौका दिएमा अवश्य पनि मदिरामा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने, ‘मदिराको लाइसेन्स खुलाएमा अवैधानिक बिक्री कम हुन्छ, यसबाट राजस्व पनि उठ्छ ।’

नेपाली मदिरालाई प्रोत्साहन गर्न विदेशी मदिराको कर बढाउन आवश्यक रहेको शेर्पा बताउँछन् ।

सरकारले मदिराको कर उठाउन मात्रै ध्यान दिएको तर, नीति निमार्ण र व्यवस्थापनमा ध्यान नदिएको अध्यक्ष नेपालको गुनासो छ । नेपाली बजारमा ८० प्रतिशत नेपाली मदिरा खपत भएको नेपाल बताउँछन् । ‘लोकल मदिराले नेपाली माग पूर्ति भएको, तर व्यवस्थित नभएकोले अवैधानिक छ, यसलाई पनि व्यवस्थापन गर्न करको दायरामा ल्याउनुपर्छ ।’

स्थानीय स्तरमा उत्पादन गरिने मदिरा लोकल तरिकाले नै उत्पादन गर्न पाउनुपर्ने जोड दिँदै चौधरी भन्छन्, ‘स्थानीय मदिरा आफ्नै तौर तरिकाले उत्पादन गर्न पाउनुपर्छ, यद्यपि सरकारले ब्रान्डिङमा जोड दिनुपर्छ ।’

विदेशीभन्दा नेपाली मदिराको ब्रान्ड राम्रो छ भनी मान्छेको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।

नेपाली मदिरालाई हेलाँको दृष्टिले हेरिएको चौधरीको भनाइ छ । ‘विदेशीभन्दा नेपाली मदिराको ब्रान्ड राम्रो छ भनी मान्छेको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।

नेपालमा उत्पादित मदिराले ८० देखि ९० प्रतिशत माग पूरा भएको जानकारहरूको भनाइ छ । यसको अर्थ १० देखि २० प्रतिशत मात्र मदिरा अपुग देखिन्छ ।

यदि, सरकारले लोकल मदिरालाई नीति–नियम बनाई व्यवस्थापन गर्ने हो भने नेपालको माग पूरा गरी मदिरामा आत्मनिर्भर बन्न सकिन्छ ।

यो पनि…
मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने
आलुमा आत्मनिर्भर हुन ३ लाख ४१ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

काठमाडौ । संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार

काठमाडौः गीत, संगीत मानव जीवनको संवेदनशील अभिव्यक्ति हो । गीत, कविता र गजलजस्ता विधाले व्यक्तिको मनभित्र लुकेका भावना, पीडा र

इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको

Latest










Popular
Suggested