English

विश्व इतिहासमा आज के–के भयो ?



आज २० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटनाक्रम यी हुन् :

इराकमाथि हमला

सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अवैधानिक भनेको उक्त सो युद्धमा हजारौँ इराकीको मृत्यु भएको थियो ।

इराक हमलामा ४ हजार ४३१ अमेरिकी मारिएका थिए । अमेरिकामा सेप्टेम्बर ११ को अतिवादी हमलापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस प्रशासनको अतिवादीविरूद्धको लडाइँको एउटा अंशको रूपमा सो युद्ध भएको थियो । यद्यपी सो हमला र इराकबीच कुनै सम्बन्ध थिएन । 

टोकियो सबवेमा विषाक्त ग्यास 

सन् १९९५ मा जापानमा अतिवादीले टोकिाये सबवेमा विषाक्त ग्यास चुहावट गरिदिएका थिए । धार्मिक समूह अम  शिनरिक्योका सदस्यहरूले विभिन्न रेलहरूमा घातक सारिन चुहाउने कन्टेनरहरू राखेपछि १२ जनाको मृत्यु भएको थियो भने  हजारौँ घाइते भएका थिए।

सापेक्षतावादको सिद्धान्त प्रस्तुत

सन् १९१६ मा सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेका थिए । क्रान्तिकारी सिद्धान्तले एकातिर पदार्थ र अर्कोतिर स्थान र समयको अन्तरनिर्भरताको वर्णन गर्दछ । यो भौतिकशास्त्रमा सबैभन्दा प्रभावशाली सिद्धान्तहरू मध्ये एक हो। 

अमेरिकी गृहयुद्धको दृश्य तय गरेको पुस्तक

सन् १८५२ मा अमेरिकी लेखिका ह्यारिट बिचर स्टोवीले अकंल टोम्स केबिन नामक कथा प्रकाशन गरेकी थिइन् । दासत्व विरोधी सो कथाले अमेरिकी गृहयुद्धको लागि दृश्य तय गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : ८० प्रतिशत भवन क्षतिग्रस्त
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested