English

५८ घण्टा २५ सकेन्डमै पार गरे मेघराजले ४०८ किलोमिटर

काठमाडौंबाट दौडेरै पाँच दिनमा दमक


दमक, ८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेषगरी, म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।

उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै, दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कृतिमान राख्छु भन्नेमा थिएँ ।’

लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पुरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै पार गरे । यसका लागि उनलाई ५८ घण्टा २५ सेकेन्ड लागेको छ ।

‘खेलबाटै केही गर्न सकिन्छ भन्ने मेरो लक्ष्यमा आज एउटा इँट्टा थपेको छु । पाँच दिनमा काडमाडौँदेखि दौडेर झापासम्मको यात्रा पूरा गरेँ,’ उनले भने, ‘यति लामो दूरी म्याराथन गरेर पार गर्नु एउटा रेकर्ड हो । अहिलेसम्म कसैले पार गरेको छैन ।’

३० फागुन बिहान काठमाडौंबाट हिँडेका उनी शनिबार दमक आइपुगे । ‘स्वास्थ्यका लागि दौड राम्रो हो,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने माध्यम पनि खेलकुद हो ।’ व्यक्तिले नै यति ठूलो आँट र सहास गर्दा पनि राज्य पक्षबाट सहयोग नपाएको उनको गुनासो छ । ‘मलाई विभिन्न संघसंस्थाले दमकसम्म दौडन सहयोग गरे । तर, सरकारी पक्षबाट केही सहयोग भएन,’ उनी भन्छन्, ‘यसले राज्य पक्ष खेलाडीका लागि उदार छैन भन्ने देखाउँछ ।’

उनले गृह मन्त्रालयबाट स्वीकृति लिएर दौड सुरु गरेका हुन् । ‘गृहबाट स्वीकृति लिएकाले प्रहरीले ठाउँठाउँमा स्कर्टिङचाहिँ गर्याे,’ उनले भने ।’ दौडने क्रममा उनले निकै समस्या पनि भोगे । उनको स्वास्थ्यमा कठिनाइ आयो । ‘खुट्टामा धेरै नै समस्या आयो । तर, मैले हिम्मत हारिन,’ उनी भन्छन्, ‘हिम्मत र उत्साहले नै ४०८ किलोमिटरको दौड पूरा गरेँ । आँट गरे सकिने रहेछ भन्ने उदाहरण भयो ।’

यो पनि
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested