English

‘बाल्यकालमा खाएको स्ट्रबेरीको स्वाद जिब्रो मै गडेको छ’



अभिनेत्री लक्ष्मी बर्देवाले थिएटरबाट अभिनय यात्रा सुरु गरेकी हुन् । ‘घामपानी’ उनले अभिनय गरेको पहिलो चलचित्र हो । पछिल्लो समय लक्ष्मी म्युजिक भिडियोहरूमा एकदमै व्यस्त छिन् । उनले ‘मिस्टर झोले’, ‘जालो’, ‘कागजपत्र’, ‘डम्बरूको डन्डिबियो’, ‘बुलबुल’, ‘सेल्फी किङ’मा अभिनय गरिसकेकी छिन् । ‘बुलबुल’मा महिला ट्याम्पो चालकको भूमिकामा देखिएकी लक्ष्मीको औधी प्रशंसा भयो ।

लक्ष्मीको बाल्यकाल काठमाडौँको गौरीघाटमा बितेको थियो । मध्यमवर्गिय परिवारमा जन्मिएकी लक्ष्मीलाई बाल्यकाल देखि नै अभिनय र नृत्यमा रुचि थियो । बाल्यकालको हरेक कुरा विशेष लाग्ने उनी बताउँछिन् । बाल्यकाललाई सम्झँदै उनी भन्छिन् ‘बाल्यकाल कति प्यारो थियो, सानो कुराले पनि धेरै खुसी दिइन्थ्यो।’

बाल्यकालमा एकदमै मिठो लागेको खानेकुरा यो नै हो भन्ने त छैन । तर, काठमाडौँमा हुर्किएको भएर होला बोटमा फलेको ताजा खानेकुरा भनेपछि मलाई जे पनि मन पर्ने विशेष गरी बोटबाट टिप्ने बित्तिकैको स्ट्रबेरी ।

उनलाई बाल्यकालको हरेक कुरा विशेष लाग्छ । बाल्यकालमा खाएको खानेकुरा पनि विशेष हुने उनी सुनाउँछिन् । ‘बाल्यकालमा जे खाए पनि मलाई मिठो लाग्थ्यो, यो नमिठो लाग्छ खाँदिन कहिल्यै भनिनँ ।’

मध्यमवर्गिय परिवारमा जन्मिएको हुर्किएको भएर होला सानो हुँदा यो खान्छु त्यो खान्छु भनेर रोज्न पाइँदैनथ्यो । घरमा जे पाक्यो त्यही खानु पर्थ्यो उनी सुनाउँछिन् । ‘बाल्यकालमा एकदमै मिठो लागेको खानेकुरा यो नै हो भन्ने त छैन । तर, काठमाडौँमा हुर्किएको भएर होला बोटमा फलेको ताजा खानेकुरा भनेपछि मलाई जे पनि मन पर्ने विशेष गरी बोटबाट टिप्ने बित्तिकैको स्ट्रबेरी ।’

बोट बाट टिपेर दिएको स्ट्रबेरी खान पाएर म मक्खै परेको थिए । मलाई सबै फलफूल मन पर्छ तर विशेष गरी स्ट्रबेरी झन् मन पर्छ ।

काठमाडौँमा हुर्किएकी उनी रुखमा फलेका फल देखेर अचम्ममा पर्थिन् । एक पटक स्कुलको साथीले उनलाई आफ्नो घर लगेकी थिइन् । साथीको घरमा स्ट्रबेरी फलेको रहेछ ती साथीले उनलाई बोटबाटै टिपेर दिइन् । त्यो स्ट्रबेरी उनलाई असाध्यै मन पर्यो । ‘बोट बाट टिपेर दिएको स्ट्रबेरी खान पाएर म मक्खै परेको थिए ।’

बाल्यकालमा खाएको स्ट्रबेरीको स्वाद उनको जिब्रो मै गडेको छ । त्यसो त उनलाई स्ट्रबेरी अहिले पनि उत्तिकै मन पर्छ । बजारमा गएको बेला स्ट्रबेरी देखिन् भने उनी किनेर ल्याइहाल्छिन् । ‘मलाई सबै फलफूल मन पर्छ तर विशेष गरी स्ट्रबेरी झन् मन पर्छ ।’

स्ट्रबेरी त सानो ठाउँमा पनि फलाउन सकिन्छ । उनलाई आफैँ फलाएर खान मन पनि छ । तर, ठाउँको अभाव भएको उनी बताउँछिन् । ‘आफ्नो घर बनाएपछि भने म धेरै बोटबिरुवा रोप्ने छु, स्ट्रबेरी पनि अवश्य लगाउने छु ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested