English

‘औपचारिक शिक्षाका लागि उमेरले छेक्दैन’



ताप्लेजुङस्थित कञ्चन एकेडेमीबाट २०६७ सालमा एसएलसी (एसईई) दिएँ । त्यो समयमा एसएलसीलाई ‘आइरन गेट’ भनिन्थ्यो । दोस्रो श्रेणीमा पास भए पनि धेरै खुसी थिएँ । पहिलो श्रेणीमा पास भएकाहरूको साइन्स पढ्ने क्रेज थियो ।

प्लस टुमा व्यवस्थापन संकायमा भर्ना हुने निधो गरेँ । ताप्लेजुङस्थित भानुजन माध्यमिक विद्यालय उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ । यो उमेर र स्वभाव नै चञ्चले हुनाले पढाइ के हुनु, झुर नै थियो । पढ्न अल्छि लाग्थ्यो । कलेज गए पनि प्रायः बाहिरै घुमेर बिताउथेँ, कक्षामा कमै बस्थेँ ।

हामी आठ जना साथी एकदमैै मिल्थ्यौँ । एक जना कक्षाबाट निस्क्यो भने बाँकी सातै जना नै बाहिन्थ्यौँ । एउटा पेन र कपी मात्रै बोकेर कलेज जान्थेँ । बुक कहिल्यै किनिनँ ।

प्लस टु पढ्दै गर्दा रेडियो तमोरमा काम गर्थें । यहाँबाट मार्केटिङ पनि गर्थें । प्लस टुमा पटक–पटक फेल भएकाले फेरि फेरि परीक्षा दिन जानै लाज लाग्थ्यो । सोही कारणले परीक्षा दिइनँ । कक्षा ११ र १२ को पढाइ पूरा गर्नै सकिनँ ।

म कार्यरत रेडियोको टिमले मलाई काठमाडौं ल्यायो । रेडियो नेपालबाट प्रसारण हुने ‘धर्ती–आकाश’मा कलाकारको रूपमा मनोज गजुरेल सरसँग रेडियो कार्यक्रममा काम गरेँ ।

शिक्षाका लागि कुनै उमेर हुँदैन भन्ने मनस्थितिले औपचारिक शिक्षालाई फेरि निरन्तरता गर्ने निणर्य गरेँ । मलाई पत्रकारिता मन पर्ने विषय भएकाले सिफलस्थित ब्रिलियन्ट बहुमुखी कलेजमा भर्ना भएँ ।

पहिलो दिन कलेज जाँदा कक्षाका सबै विद्यार्थी उठेका थिएँ, सर आउनुभयो भनेर । अर्को दिन कलेज जाने नजाने दोधारमा थिएँ । तर, पढ्नका लागि आफूलाई हौसला दिएँ निरन्तर कलेज गएँ । बिहानको कक्षा लिएर दिनभरि काम र कार्यक्रममा सहभागी हुन्थेँ ।

यहाँ पढ्दा कलेजमा सांस्कृतिक कार्यक्रम कम हुन्थ्यो । तर, अरू–अरू कलेजका कार्यक्रममा सहभागी हुन्थे । यहाँबाट शैक्षिक भ्रमणका लागि सुन्दरीजल गएका थियौँ । यहाँको भ्रमण समाचार बनाउनुपर्ने थियो । रेडियोमा काम गरेको हुनाले सजिलै गरेँ ।

प्लस टुपछि पशुपति कलेजमा स्नातक तहमा पत्रकारिता विषय पढ्नका लागि एक दुई कक्षा लिएँ, तर खासै फरक पाइन । चाबहिलस्थित जिपी मेमोरियल कलेजमा मानविकी अन्तर्गतकै ग्रामीण विकास विषय लिएर भर्ना भएँ । तेस्रो वर्षको परीक्षा हुँदा कमेडी च्याम्पियनमा थिएँ । एउटा विषय सफल हुन सकेन । अहिले सोही विषयको परीक्षा दिने तयारीमा छु ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘होटल म्यानेजमेन्टका साथीले खाना पकाउँथे, हामी भाँडा माझ्थ्यौं’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested