English

यी बलिउड चलचित्र, जसमा छन् लामा चुम्बनका दृश्य



बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् ।

सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो ।

फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन् । उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए ।

ऋतिक रोशन र कटरिना कैफको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा उनीहरूको एक किसिङ दृश्य थियो । वास्तविक रुपमा यो दृश्य करिब तीन मिनेटको थियो । तर, निर्माताहरूले दृश्य लामो हुने भन्दै काटेका थिए ।

आमीर खान र करिश्मा कपुरको अभिनय रहेको फिल्म ‘राजा हिन्दुस्तानी’को एक चुम्बन दृश्य पनि लामो चुम्बन दृश्यमा समावेश छ । फिल्ममा एक रुखको मुनि पानी परिरहेको बेला आमीर र करिश्माले करिब डेढ मिनेटसम्म चुम्बन गरेका थिए ।

रणवीर सिंह र अनुष्का शर्माले फिल्म ‘बेण्ड बाजा बारात’मा झण्डै एक मिनेटको चुम्बन दृश्य दिएका थिए । अभिनेता हिमांशु रोय र अभिनेत्री देविका रानीले फिल्म ‘नागनकी रागिनी’मा करिब चार मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयमा यो फिल्म निकै विवादमा पनि आएको थियो ।

यो पनि…
होली मनाउनुस्, संयमित हुनुस्
खुसी साटासाट गरी मनाइँदै होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested