English

कपाल झर्यो ? यसो गर्नुहोस्



व्यस्त जीवनशैली, प्रदूषण र घाम हाम्रो कपालका लागि हानिकारक हुन्छ । जसका कारण कपाल झर्नु, टुक्रने र समय अगावै सेतो हुनु आदि समस्याबाट गुज्रनुपर्ने हुन्छ । कपाल झर्ने समस्यालाई रोक्न बजारमा धेरै उत्पादनहरू उपलब्ध छन् । तर, यस्ता उत्पादनहरूमा पाइने केमिकल कपालका लागि हानिकारक हुन सक्छछ । यसको सट्टा घरेलु उपाय अपनाउन सकिन्छ । यसबाट कपाल झर्ने समस्याबाट छुटकारा दिलाउनुका साथै कपालको अन्य समस्याबाट पनि छुटकारा दिलाउँछ ।

भृङ्गराज

कपालसम्बन्धी समस्याको लागि लामो समयदेखि आयुर्वेदमा भृङ्गराजको प्रयोग हुँदै आएको छ । यसले कपालको सम्पूर्ण समस्याको समाधान गर्छ । यसको पातलाई पिसेर केही पानी मिसाएर लेदो बनाएर कपाल झरेको ठाउँमा लगाउँदा कपाल झर्न रोकिन्छ ।

भृङ्गराजको तेल तथा स्याम्पु दैनिक कपालमा लगाएर मालिस गर्नाले कपाल झर्न रोक्छ र नयाँ कपाल पलाउन थाल्छ । भृङ्गराज स्याम्पुको प्रयोगले कपाललाई बलियो बनाएर कपाल झर्न रोक्छ ।

अदुवा

अदुवाको प्रयोगले पनि कपाल झर्ने समस्यालाई कम गर्छ । त्यसैले, आजभोलि बजारमा अदुवा प्रयोग भएको स्याम्पुहरू आएका छन् । यसको प्रयोगले कपाल झर्न रोक्ने मात्र हैन नयाँ कपाल उमार्न पनि सहयोग गर्छ ।

कपालमा चायाँको समस्या छ भने पनि अदुवाको उपयोग निकै प्रभावकारी हुन्छ । अदुवालाई पिसेर त्यसको रस निकालेर हप्ताको दुईपटक प्रयोग गर्दा कपाल झर्दैन र नयाँ कपाल पलाउँछ ।

अमला

अमलाले कपाललाई बलियो र चम्किलो राख्न मद्दत गर्छ । त्यसका साथै यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ । यसले कपाललाई पोषण दिन्छ । यसका लागि ताजा अमलाको जुस बनाएर कपालमा गोलाकार गतिमा मसाज गरी लगभग ३० मिनेटपछि पखाल्नुपर्छ ।

अमलाको धुलोलाई रातभरि पानीमा भिजाएर भोलिपल्ट बिहान लगाएर ३० मिनेटपछि नुहाउने यसो गर्दा पनि कपाल स्वास्थ हुन्छ र झर्ने क्रम रोकिन्छ ।

यो पनि…
कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर
बिहान पानी पिउनुका फाइदा-बेफाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested