English

रियलको जित, म्यानचेस्टर सिटी पराजित



करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंकसहित १६औं स्थानमा छ ।

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ । अंक बाढेसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो । बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंकसहित ११औं स्थानमा छ ।

यो पनि…
आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested