English

आज कुन राशिलाई कस्तो लाभ ?



आजको पात्रोः आज २८ फागुन २०७८ शनिबार । तद्नुसार मार्च महिनाको १२ तारिक २०२२ । फागुन शुक्लपक्ष नवमी पर दशमी तिथि, कौलव करण, आद्रा नक्षत्र, सौभाग्य योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः१९ र सूर्यास्त १८ः१० मा हुनेछ ।

आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ । शनिबारको दिन विहानको समयमा पिपलको बृक्षमा जल अभिषेक र देवालय, शिवालय यात्राले सबैको मन प्रसन्न हुनेछ ।

आज विहान ९ः१६ देखि १०ः४६ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्दा राम्रो हुनेछ । ११ः५१ देखि १२ः३८ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ । शनिबारको दिन देवालय यात्रा फलदायी हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्रा सूर्योदयपछि मात्र निस्कनु होला । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्राअघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ । यस्तो अवस्थामा तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनले तपाईंमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । चन्द्रमाको साथ छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला । बाल र बृद्धलाई भोजन दिनुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आज तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईंलाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ। 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईंको भलाई हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईंलाई सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

देवालय र शिवालयको यात्राले  तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईंको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईंलाई फाइदा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ ।  

यो पनि…
हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested