English

गर्मी मौसमका लागि फेसन टिप्स



गर्मीको मौसम शुरु भएको छ । चर्काे घाममा सबैले आफ्नो छालामा विशेष ध्यान दिन जरुरी हुन्छ । फेसनको बारेमा कुरा गर्दा कहिलेकाहिँ महिलालाई कसरी सुन्दरता अपनाउने भनेर निर्णय गर्न धेरै गाह्रो हुन्छ । गर्मीमा सुन्दर र स्टाइलिस देखिन यी टिप्सहरूको पालना गर्न सक्नुहुन्छ ।

पहिरन

गर्मीमा शीतल हुने पहिरन मात्र छान्नुपर्छ  । यो मौसममा कटन, मलमल, लेनिन आदिका पहिरन उपयुक्त हुन्छ  । यी पहिरनले स्टाइलिस देखिनुका साथै गर्मीमा शितलता प्रदान पनि गर्छ ।

गहना

गर्मीमा सकेसम्म थोरै गहना लगाउने प्रयास गर्नुहोस् । यदि, गहना लगाउनु छ भने सानो झुम्काहरूको प्रयोग गर्न सक्नुहुन्छ । साथै, गर्मीको समयमा बासलेट, औंठी र धातुका गहनाहरूबाट टाढा रहनुहोस् । यस्ता वस्तुले पसिना ल्याई सुन्दरतालाई बिगार्न सक्छ ।

हेयर स्टाइल

उचित हेयर स्टाइलले मानिसलाई आकर्षक देखाउँछ । कपाललाई राम्रो आकार दिनु, सफा र चम्किलो अनुहार हुनु पनि फेसनवाला व्यक्तिको लक्षण हो ।

चस्मा र ह्याट

सुन्दर आँखामा कालो, खैरो, गुलाबी चस्मा र फरक फरक डिजाइनका ह्याट भए सुन्दरतामा अझ निखार आउँछ । यसका लागि बजारमा ब्रान्डेड कम्पनीका विभिन्न डिजाइनमा चस्मा र ह्याटहरू पाइन्छन् ।

रङ्ग

सेतो सुती, मलमल र लेनिनको पहिरन गर्मीका लागि राम्रो हन्छ ।  गर्मीमा कालो रंगको पहिरन उचित हुँदैन । कालो रंगले बढी गर्मी गराउँछ । बरु यसको सट्टामा नीलो, हरियो तथा हल्का रंगले शीतलता प्रदान गर्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested