English

आज फागुन २४ गते मंगलबारको राशिफल



आज २४ फागुन २०७८, मंगलबार । फागुन शुक्ल षष्ठी । पञ्चाङ्ग वैधृति कौलव कृत्तिका । आज नारी दिवस । आज तपाईंको राशिफल कस्तो ? हेर्नुहोला ।

मेष : दिन सामान्य राम्रो छ । धन लाभ हुनेछ । बौद्धिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । राजनीति, सामाजिक र धार्मिक क्षेत्र यथावत छ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल दिनेछ । प्रेममा भने धोका हुनेछ ।

वृष : दिन सामान्य छ । बोलीमा ख्याल गर्नुपर्नेछ । धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा छ । शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ । परीक्षाको तयारीमा हुनुहुन्छ भने सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । आम्दानी हुनेछ । राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथास्थितीमा छ । पठनपाठनमा रुची बढ्नेछ । प्रतिस्पर्धी सक्रिय छन् । स्वास्थ्यमा समस्या आउँनेछ । वैदेशिक क्षेत्रमा राम्रा अवसर आउनेछन् ।

कर्कट : दिन सामान्य राम्रो छ । आम्दानी बढ्नेछ । दैनिकीमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।

सिंह : दिन सामान्य राम्रो छ । आफन्तबाट सहयोग मिल्नेछ । प्रतिस्पर्धी आफै निस्तेज हुनेछन् । पारिवारिक सम्बन्ध सुमधुर बन्दै जानेछ । अरु क्षेत्र यथास्थानमा छन् । वैदेशिक क्षेत्रमा गरेका प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ ।

कन्या : दिन धेरै राम्रो छ । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सुनचाँदीको व्यापारमा सफलता मिल्नेछ ।

तुला : दिन सामान्य छ । खर्च बढ्नेछ । रिस बढ्नेछ । सिद्धि विनायकको स्मरण गर्नुहोला । शैक्षिक क्षेत्रमा भने अब्बल भइनेछ ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन । बोलीमा ख्याल गर्नुपर्नेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ । धार्मिक क्षेत्रमा मन बढ्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । धन आर्जन हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक क्षेत्रमा भने धेरै राम्रो छ। तपाईको श्रम लगानीले उल्लेखनिय नतिजा दिनेछ ।

मकर : दिन निकै राम्रो छ । बोलीमा सरस्वतीको बास छ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी मिल्नेछ । धार्मिक क्षेत्रमा पितृको सेवा गर्नुहोला ।

कुम्भ : दैनिकीबाट सन्तोष मिल्नेछ । मनमा उमङ्ग बढ्नेछ । राजनीति, सामाजिक, व्यवसायिक क्षेत्र सामान्य छन् । वैदेशिक क्षेत्रमा भने उल्लेखनीय नतिजा प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला ।

मिन : दिन सामान्य राम्रो छ । कर्म क्षेत्रमा अब्बल ठहरिनेछ । व्यापार व्यवसायमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ । आफ्नाबाट अपमानित हुनुपर्नेछ । पारिवारिक सम्बन्धमा उतारचढाव आउनेछ ।

यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested