English

बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?



शरीरलाई स्वस्थ राख्न हामीले दैनिक पानी पिउनुपर्छ । चिकित्सकहरूका अनुसार हामीले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनु फाइदाजनक हुन्छ भन्ने चिकित्सकहरू सुझाउँछन् ।

ब्रस गर्नुअघि पानी पिउँदा हुने फाइदा

पाचन शक्ति बढ्छ
-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको पाचन शक्ति बढ्छ । फलस्वरूप तपाईंले जे खानुहुन्छ त्यो सजिलै पच्छ । शरीरमा फोहोर जम्मा हुँदा आलस्य, पिम्पल, पेट रोग, अपचजस्ता धेरै रोग लाग्न सक्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनाले शरीरबाट विषाक्त तत्त्व बाहिर निस्कन्छ ।

-राति सुत्दा शरीरमा पानीको प्रयोग बढी हुन्छ, जसका कारण कहिलेकाहीँ तिर्खा लाग्छ । त्यसैले बिहान उठेर पानी पिउनुपर्छ ताकि पानीको कमी नहोस् ।

-ब्रस गर्नुअघि पानी पिउनुभयो भने मुखमा ब्याक्टेरिया जम्मा हुँदैन ।

-मुखमा हुने कीटाणु र ब्याक्टेरिया राति बढ्छ, यदि तपाईंले बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको मुख कीटाणुमुक्त हुन्छ र त्यसपछि ब्रस गर्नु बढी फाइदाजनक हुन्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यदि तपाईंलाई बारम्बार रूघाखोकी वा रूघाखोकीको लक्षण देखिन्छ भने बिहान पानी पिउनुपर्छ ।

-बिहान खाली पेटमा वा ब्रस नगरी पानी पिउनाले छाला र कपाल पनि राम्रो हुन्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ ।

-विहान ब्रस नगरी पानी पिउने हो भने मोटोपनाको समस्याबाट पनि बच्न सकिन्छ भन्ने धेरै विज्ञहरूको विश्वास छ ।

-बिहान मुख सुख्खा हुने समस्याका कारण बिहान उठेर पानी पिउनाले सास गन्हाउने समस्याबाट बच्न सकिन्छ । मुख सुख्खा हुने समस्या र्‍याल उत्पादन कम हुँदा हुन्छ । मुखमा रहेको ब्याक्टेरिया हटाउन र्‍याल आवश्यक हुन्छ तर सुत्ने बेलामा र्‍यालको मात्रा कम हुँदा मुखमा ब्याक्टेरिया बढ्छ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ, त्यसैले बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ ।

ब्रस गरिसकेपछि
ब्रस गरिसकेपछि पानी मात्र नभई कुनै पनि खानेकुरा खानु हुँदैन । ब्रस गरिसकेपछि पानी पिउनाले ब्रस गर्नुको फाइदा कम हुन्छ । ब्रस गरिसकेपछि पानी पिउनाले टूथपेस्टको गुणस्तर घट्छ ।

तपाईंले ब्रस गरेको १५ देखि २० मिनेटपछि मात्र कुनै पनि खानेकुरा वा पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ, ब्रस गरिसकेपछि पानी पिउनुहुन्छ भने २० मिनेटपछि पिउनुहोस् वा केही खानुहोस् ।

यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?
हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested