English

पछिल्लो रातको सबैभन्दा ठूलो ‘नायक’



युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए ।

ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नियन्त्रणमा लिएको थियो ।

समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभिभावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविश्मरणीय यात्रा पूरा गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले ‘पछिल्लो रातको सबैभन्दा ठूलो नायक’ भनेको छ । विवरणअनुसार बालककी आमाले एउटा रेल चढाएर स्लोभाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन ।

उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्राटिस्लाभामा रहेका उनका आफन्तजनहरुलाई सम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पिदिएका थिए ।

छोराको हेरबिचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् ।

स्लोभाकियाका गृहमन्त्रीले फेसबुकमा बालकबारे कमेन्ट गर्दै उनको ‘निडर र दृढता’को प्रशंसा गरेका छन् । ‘प्लास्टिकको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी एक्लै आए, किनकी उनका अभिभावक युक्रेनमा बस्नुपर्ने थियो,’ मन्त्रालयले भनेको छ ।

यो पनि
हामीलाई माया चाहिन्छ, मिसाइल होइन

देशको संकटमा भाइरल बनेकी यी युक्रेनी टिकटक स्टार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested