English

बेहुली नाचेपछि बेहुलाले तत्कालै दिए डिभोर्स



इराकको बगदादमा एक जोडीको निकै कम समयमा डिभोर्स भएको छ। गल्फ न्युजले उल्लेख गरेअनुसार विवाहमा बेहुली ‘उत्तेजक’ सिरियाली गीतमा नाचेको भन्दै बेहुलाले तत्कालै डिभोर्स दिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बेहुली ‘मेसायतारा’ गीतमा नाचेकी थिइन्। यसको अर्थ ‘म तिमीलाई नियन्त्रणमा राख्छु’ भन्ने हुन्छ।

गीतको यो बोलले बेहुलालाई यति चित्त दुख्यो कि उनले तत्कालै डिभोर्सको निर्णय गरे। समाचारमा उल्लेख गरिएअनुसार बेहुलीले मेसायतारा गीतमा नाच्नु बेहुला र उसको परिवारलाई भड्किलो लागेको थियो।

यसबाट उनीहरू खुसी थिएनन्। यस विषयमा बेहुला र बेहुलीबीच बहस पनि भएको थियो। त्यसपछि बेहुलाले तत्कालै बेहुलीलाई डिभोर्स दिए। यो गीत लामिस कानले गाएका थिए।

गीतकै कारण नवविवाहित जोडीको डिभोर्स भएको यो पहिलो घटना भने होइन। गत वर्ष जोर्डका एक व्यक्तिले गीतकै कारण आफ्नी बेहुलीसँगको नाता तोडेका थिए।
यो पनि…
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested