English

डेलिभरी पछिको खानपान



गर्भधारणको समय र गर्भाधारण पछिको समय आमाको लागि धेरै महत्त्वपूर्ण हुन्छ । बच्चालाई जन्म दिएकी आमाको पोषणले उनीहरूको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । अर्थात् नयाँ आमाले जुन पोषण खान्छन्, त्यसको प्रत्यक्ष प्रभावले बच्चाको स्तनपानको पोषण पनि निर्धारण गर्छ । बच्चा जन्मिएको ६ महिनासम्म आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

डेलिभरीपछि आमाले आफ्नो खानाको साथै स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ । अन्य समयको तुलनामा डेलिभरीपछि महिलालाई बढी मात्रामा क्यालोरी र प्रोटिनको आवश्यकता पर्छ । त्यसको साथै भिटामिन, मिनरल्स र खनिजको मात्रा पनि खानामा बढाउनुपर्ने हुन्छ ।

नयाँ आमाका लागि सन्तुलित आहार एकदमै जरुरी हुन्छ । सन्तुलित आहारमा आमाका लागि एकतिहाइ हरियो तरकारी, एकतिहाइ प्रोटिन र एकतिहाइ कार्बोहाइड्रेट हुनुपर्छ । यसबाहेक, हरियो तरकारी, विभिन्न प्रकारका फलफूल, भिटामिन र खनिजहरू समावेश हुनुपर्छ ।

सन्तुलित आहार आमा तथा बच्चा दुवैको लगि लाभदायक हुन्छ किनभने यसले आमाको दूधको गुणस्तर सुधार गर्छ । गुणस्तरीय दूधले नवजात शिशुको भोक मेटाउने सम्भावना बढी रहन्छ ।

यसबाहेक नयाँ आमाले आफ्नो आहारमा ब्राउन राइस र रेसायुक्त अन्न पनि समावेश गर्न सक्छन् । यस प्रकारको खानाबाट धेरै क्यालोरी प्राप्त हुन्छ । आफ्नो आहारमा अण्डा, माछा र मासु पनि बढी मात्रामा समावेश गर्न सकिन्छ ।

सुत्केरी महिलाले प्रशस्त मात्रामा भिटामिन लिनुपर्छ । स्तनपान गराउँदा प्रायः महिलामा आयोडिन, क्याल्सियमको कमी हुने गरेको देखिन्छ । यो कमीलाई हटाउन महिलाले मल्टी भिटामिन, भिटामिन ‘डी’ र क्याल्सियम लिनुपर्छ ।

सन्तुलित आहारबाहेक, केही अन्य खानेकुराहरू छन् जसले आमाको दूधलाई थप पौष्टिक बनाउँछ । ज्वानो, मेथी, गेडागुडी तथा मासुको सुप बनाएर सेवन गर्नाले दूधको मात्रा बढ्छ । सुत्केरी महिलाले बढी मात्रामा झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू
सुत्केरी अवस्थामा महिलाले बढी मात्रामा क्यालोरी भएको खाना खाँदा तौल बढ्ने हुन्छ । ६ महिनासम्म सुत्केरीले तौल घटाउनको लागि विभिन्न डाइट औषधिको प्रयोग गर्नु हुँदैन । डाइट औषधिको सेवन गर्दा आमाको दूध सेवन गर्ने बच्चामा पनि पुग्ने हुनाले बच्चाको वृद्धि विकासमा असर पुग्छ ।

त्यसैले ६ महिनापछि डाक्टर तथा पोषणविद्को सल्लाह लिएर मात्र तौल घटाउन सुरु गर्नुपर्छ । सुत्केरी महिलाले मैदाबाट बनेका खानेकुरा जंकफुड, अजिनामोटो प्रयोग भएका खानेकुरा, कोक, फन्टाजस्ता गुलियो पदार्थ बढी प्रयोग भएका पेय पदार्थहरू सेवन गर्नु हुँदैन ।

चिया तथा कफीको सेवन पनि कम गर्नुपर्छ । कफी तथा चियामा हुने क्याफिन आमाको दूधमार्फत बच्चामा जान्छ र बच्चाको मस्तिष्कको विकासमा असर पुर्‍याउँछ । त्यसको साथै सुत्केरी अवस्थामा कुनै पनि प्रकारको मादक पदार्थको सेवन आमा तथा बच्चा दुवैको स्वास्थ्यको लागि हानिकारक हुन्छ । कुनै खानेकराको एलर्जी छ भने त्यस्तो खानेकुरा पनि नखाएको राम्रो हुन्छ ।

यो पनि…
हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम