English

ओठ सुन्दर बनाउन अपनाउनुहोस् यी घरेलु उपाय



उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रंग फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।

ओठ कालो हुनुका कारणहरू

अनियमित खानपान, अस्तव्यस्त जीवनशैली धुम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । त्यसैले, नियमितरूपमा आवश्यक पानी पिउनुहोस् । व्यायाम र नियमित खानपानमा ध्यान दिनुहोस् । कफीको अत्यधिक सेवनले पनि यस्तो समस्या निम्याउन सक्छ ।

सस्तो र कम गुणस्तरका कृत्रिम सामग्रीहरूको प्रयोग कम गर्नुहोस् । डेट एक्सपायर भएका लिपिस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुनसक्छ । राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपार्इंको ओठको रंग बदलेको हुनसक्छ । प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुनसक्छ ।

समाधानका केही घरेलु उपाय

कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी वा अलिकती मह ओठमा छर्किई कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ ।

कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ ।

ओठमा भएका पुराना कोशिका जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले विस्तारै घोट्नु राम्रो हुन्छ । तर, यसो गर्दा ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोशिका हटेर नयाँ आउँदा तपाईंको ओठको सुन्दरता बढ्दछ । यसका साथै जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

ओठमा ध्युकुमारीको प्रयोग गर्दा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दुध र बेसार मिसाएर लगाउँदा पनि राम्रो हुन्छ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested