English

यस्तो छ तपाईंको आज राशि



आज २०७८ साल फागुन १८ गते बुधबार हो । आज फागुन कृष्ण औंसी तिथि र पञ्चाङ्ग शिव चतुष्पद शतभिषा रहेको छ । आजको राशिफल हेरेर काम सुरु गर्नुभयो भने राम्रो हुन सक्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका व्यक्तिका मनमा निराशा छाउने छ ।  पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईंलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंको मनमा आज अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ ।

यो पनि…
शिव को हुन् ? उनका वस्त्रालंकारका अर्थ के–के हुन् ?
महिलाहरू शिव साधना किन बढी गर्छन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested