English

महिलाहरू शिव साधना किन बढी गर्छन् ?

भगवान शिवको स्वरुपलाई महिलाहरूले बढी मन पराउँछन्



भवानी प्रसाद खतिवडा,संस्कृतिविद्

विशेष गरी महिलाहरू पुरुषको तुलनामा बढी व्रत बस्ने गर्छन् । अझ महिलाहरू विशेषतः महादेवको पूजा अर्चना र व्रत बस्ने गरेको पाईन्छ । सरसर्ती हेर्दा श्रीस्वस्थानी व्रत, तीजको व्रत, महाशिवरात्री, साउनको सोमवार, बालाचतुर्दशी तथा अक्षय तृतीया जस्ता तिथिहरूमा महिलाहरूले बढी महादेवको पूजा र आराधना गर्छन् ।

विवाहित महिला घर र परिवारमा सुख समृद्धि र पतिको लामो आयु होस् भनेर व्रत बस्छन् । अविवाहित युवतीहरू राम्रो श्रीमान पाउँ भनेर व्रत बस्ने चलन छ । भगवान शिव पुरुषको प्रतीक हुनुहुन्छ । महिला शक्तिको प्रतीक भएको र भगवान शिव पुरुषको प्रतीक भएको तथा शिव र शक्तिको सन्तुलन भएर मात्र यो सृष्टि चलेको हुनाले महिलाहरूले शिवको विशेष अराधना गर्छन् ।

किन शिव साधना ?

भगवान शिव पुरुषको प्रतीक हुनुहुन्छ । महिला शक्तिको प्रतीक भएको र भगवान शिव पुरुषको प्रतीक भएको तथा शिव र शक्तिको सन्तुलन भएर मात्र यो सृष्टि चलेको हुनाले महिलाहरूले विशेष शिवको अराधना गर्छन् । शिव र शक्तिको बीचमा अन्योन्याश्रित सम्बन्ध छ ।

अर्को सामान्य मानवीय दृष्टिले हेर्ने हो भने महिलाहरूको हृदय एकदमै कोमल, पवित्र र अति निर्मल हुन्छ । स्वच्छ र कोमल मन भएका महिलाहरू सबैको कल्याण होस्, सबैको भलो होस् र कसैले पनि दुःख कष्ट भोग्नु नपरोस् भन्ने भावना महिलामा हुन्छ । त्यसैले परिवार एवम् सम्पूर्ण जगतको कल्याण होस् भन्ने भावनाका साथ महिलाहरू भगवान शिवलाई पूज्छन् ।

भगवान शिवको स्वरुपलाई महिलाहरूले बढी मन पराउने गरेको पाइन्छ । पहिलेदेखि नै श्रीस्वस्थानी व्रत कथा तथा शिव पुराणहरूमा पनि महिलाहरूले शिवजस्तो पति पाउँ भनेर व्रत बसेको पनि हामीले सुन्दै र पढ्दै आएका छौ । शिव पुराण तथा श्रीस्वस्थानी व्रत कथामा भगवान शिवको स्वरूप तथा उनको शक्तिको बारेमा गरिएको वर्णनहरूबाट पनि महिलाहरू प्रभावित भएको हुन सक्छन् । व्रत बस्दा चित्त शुद्ध हुन्छ र मन पनि शुद्ध हुन्छ । मन तथा चित्त शुद्ध भयो भने त्यहिबाट शान्ति, सुख र ऐश्वर्य प्राप्त हुन्छ । त्यसैले महिलाहरू शिव साधना गर्न बढी मन पराउँछन् ।

प्रस्तुति : सुमित्रा लुईटेल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested