English

विवाहको डेढ महिनामै अभिनेत्री दीयाको सरप्राइज, लेखिन् इमोशनल स्टाटस



बलिउड अभिनेत्री दीया मिर्जाले आमा बन्दैछिन् । उनले यो खबर स्वयं सोसल मिडियामार्फत् दिएकी हुन् । उनले फेब्रुअरीमा बिजनेस म्यान वैभव रेखीसँग दोश्रो विवाह गरेकी थिइन् । केहि समय पहिला उनका माल्दिभ्स हनीमूनका फोटोहरु सोसल मिडियामा भाइरल बनेका थिए । जसमा उनी स्टेप डटरसँग देखिएकी थिइन् ।

लेखिन् इमोशनल स्टाटस

दीयाले सनसेट हेरिरहेको एक फोटो शेयर गरेकी छन् । जसमा लेखिएको छ, धर्तीको जस्तै आमा हुने आशिर्वाद मिलेको छ, एक जीवनको साथमा जो सबै कहानी र हरेक कुराको शुरुवात हो । लोरी, गीत, नयाँ रुख र फूल फूल्ने समय हो यो । मेरो गर्भमा सबै सपना भन्दा शुद्ध सपना देख्ने आशीर्वाद मिल्यो ।

दीयाको फिल्मी करियर

दीयाले वर्ष २००० मा मिस इण्डिया एशिया प्यासिफिकको ताज जितिन् । फेरि उनले करियरको शुरुवात फिल्म रहना है तेरे दिल में बाट गरेकी थिइन् । उनी आफ्नो अभिनयका कारण फ्यानको मनमा बस्न सफल भइन् । उनलाई पछिल्लो समय तापसी पन्नुसँग फिल्म थप्पडमा देखिएको थियो । अहिले उनी तेलेगु फिल्म वाइल्ड डगको शूटिङ गरिरहेकी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested