English

आजको राशिफलले गर्नेछ तपाईंको भाग्य निर्धारण



आज १६ फागुन २०७८ सोमबार । तद्नुसार फेब्रुवरी २८ तारिक २०२२ । फागुनकृष्णपक्ष द्वादशी तिथि सुरु हुँदै त्रयोदशी, गर करण, उत्तरषाढा नक्षत्र, वरीयान योग, चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६ः३० मा भएको छ भने सूर्यास्त ६ः०३ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव वृहस्पति छन् । आज ११ः५४ देखि १२ः४० सम्म अभिजित मुहूर्त रहेको छ । महाशिवरात्रीको अघिल्लो दिन हो । भोलि महाशिवरात्री रहेको छ । सोमबार शिवको प्रिय बार हो । भनिन्छ, सोमबारका दिन भोलेनाथको स्मरणमात्रले पनि मन, वचन पवित्र हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा  छाउने छ ।  पारिवारिक समस्याका कारण आय भन्दा व्ययबढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको आजको समय र दिन अनुकूल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईंलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईंमाथि नै आरोप लाग्न सक्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंका लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन तपाईंले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईंमा आत्मबल बृद्धि हुँदै जानेछ ।

यो पनि
महाशिवरात्रिको आध्यात्मिक महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested