English

अजित कुमारको ‘वलिमै’को रेकर्ड



तेलुगु सुपरस्टार अजित कुमार र हुमा कुरैशी स्टारर फिल्म ‘वलिमै’ले कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यो फिल्मको ओपनिङ कलेक्सन ६२ दशमलब ३६ करोड रुपियाँ छ । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

अजितको यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । फिल्मले तमिलनाडुमा पहिलो दिनमा ३६ करोड रुपियाँको कलेक्सन गर्यो । त्यस्तै चेन्नईमा १ दशमलब ८४ करोड रुपियाँको ओपनिङ थियो । चेन्नईमा यति ठूलो ओपनिङ गरेको अजितको यो पहिलो फिल्म हो ।

पछि परे अल्लु अर्जुन

कोभिड महामारीमा रिलिज भएका दक्षिण भारतीय फिल्मको ओपनिङ राम्रो रहेको छ । गत वर्षको जनवरी १३ मा रिलिज भएको फिल्म ‘मास्टर’ले पहिलो दिनमा नै ४३ करोड रुपियाँ कलेक्सन गरेको थियो । त्यस्तै नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म तमिलनाडुमै ३४ दशमलब ९२ करोड रुपियाँको ओपनिङ कलेक्सन गरेको थियो ।

यसैगरी मोहनलालको ‘मरक्करः लायन अफ द अरेबियन सी’ ले पहिलो दिन ६ करोडको व्यापार गरेको थियो । अभिनेता अल्लु अर्जुनको ‘पुष्पाः द राइज स्टार’ले ६२ दशमलब ५० करोडको ओपनिङ गरेर ओपनिङको मामलामा वर्षकै सबैभन्दा ठूलो फिल्म बनेको थियो ।

अजितको पोस्टरमा दुध र दही

फिल्म र अभिनेता अजित कुमारलाई लिएर फ्यानको क्रेज यति धेरै छ कि दक्षिण भारतका कैयौं सहरमा रहेका फिल्म हल बाहिरको सडक जाम भएको थियो । जसकारण कैयौं रुटलाई डाइभर्ट गर्नुपरेको थियो । एक भिडियोमा फ्यानहरूले अजित कुमारको ठूल्ठूला पोस्टरलाई दुध र दहीले नुहाइदिँदै गरेको देख्न सकिन्थ्यो ।

अजितको ‘वलिमै’को विश्वव्यापी थिएट्रिकल राइट ९६ करोड रुपियाँमा बिक्री भएको छ । यो आँकडाअनुसार यो फिल्मले सन् २०१७ मा रिलिज उनकै फिल्म ‘विवेगम’को रेकर्ड तोडेको छ । त्यस समयमा ‘विवेगम’ ८५ करोडमा थिएट्रिकल राइटका रूपमा बिक्री भएको थियो ।

अजितको फिल्मले थिएट्रिकल राइट्सबाहेक स्याटेलाइट, डिजिटल प्लेटफर्म र म्युजिकका माध्यमबाट करिब ६० करोड रुपियाँ कमाएको छ । फिल्मले रिलिजअघि नै एक सय ५५ करोड रुपियाँ कारोबार गरिसकेको छ ।

एच विनोदको निर्देशनमा बनेको फिल्ममा अजित र हुमाका अलावा कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको पनि अभिनय छ । फिल्ममा अजितले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्माता बोनी कपूर हुन् ।

यो पनि…
धर्मेन्द्रसँग जोडिएको एक किस्सा
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested