English

युक्रेनलाई अमेरिकाले दियो ३५ करोड डलर बराबरको सैन्य सहयोग



अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

रुससँग झुक्दैनौँ : जेलेन्स्किी

यसैबीच, युक्रेनी सेनाले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबाहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् ।

मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधारण घाइते भएका छन् ।

यसैबीच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

यो पनि
रूस-युक्रेन द्वन्द्व : अहिलेसम्म के-के भयो ?
युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो- स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested