English

वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भइरहेको छ : प्रहरी



वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए ।

भक्तपुरमा रहेको आफ्नै निवासमा लामाको निधन भएको हो । गएराति ९ बजे मिटिङ भन्दै काठमाडाैं बौद्ध गएका लामा बा.३ च ७७४१ नम्बरको कारमा फर्किएका थिए । तर, खुट्टा कारमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय थिए । उनले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनयसमेत गरेका छन् ।

यो पनि
कस्ता कलाकार थिए जयनन्द लामा ? (भिडियो पनि)
रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य