English

सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको कति ?



सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपियाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज ८ सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपियाँ तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७ सय रुपियाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले बढेर एक हजार ३ सय १५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८ डलर आसपास कारोबार भइरहेको छ ।
यो पनि…
यस्तो छ आजको विनिमय दर
फलफूल तथा तरकारीको मूल्य घटबढ [हेर्नुहोस् सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested