English

महाअभियोगपछि देश छोडेर भागेका राष्ट्रपति



आज सन् २०२२ को २२ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । इतिहासमा आज भएका केही घटनाक्रम :

युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

सन् २०१४ मा युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो । युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो । महाअभियोगपछि उनी देश छोडेर भागेका थिए । उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो ।

न्युजिल्यान्डको क्रिस्टचर्चमा विनाशकारी भूकम्प

सन् २०११ मा न्युजिल्यान्डको क्रिस्टचर्चमा गएको विनाशकारी भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो । ६ दशमलब ३ म्याग्निच्युडको सो भूकम्प शहरी क्षेत्रमा रेकर्ड गरिएको सवैभन्दा उच्च तीव्रतामध्ये एक थियो ।

फिलिपिन्समा जनशक्ति क्रान्ति

सन् १९८६ मा फिलिपिन्समा जनशक्ति क्रान्ति सुरु भएको थियो । सो अहिंसात्मक क्रान्तिपछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको पतन र देशमा प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।

चेकोस्लोभाकियालाई कम्युनिस्ट देश घोषणा

सन् १९४८ मा चेकोस्लोभाकिया कम्युनिस्ट राज्य घोषित भएको थियो । सन् १९८९ को भेलभेट क्रान्तिपछि चेकोस्लोभाकिया संसदीय गणतन्त्र भएको थियो । सन् १९९३ मा विभाजनपछि चेक रिपब्लिक र स्लोभाक रिपब्लिक भएका थिए ।

यो पनि
राजदूतको साइकल यात्रामा देखिएको पोखरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested