English

तपाईंको आज दिन कस्तो रहला ?



आज २०७८ फागुन ९ गते सोमबार । तपाईंको आज दिन कस्तो रहला हेर्नुहोस् राशिफल

मेष
आजको दिन राम्रो छ । तपाईंको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रूपमा प्रशन्नता मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरू यथावत रहेका छन् । धार्मिक क्षेत्रमा मन जानेछ ।

वृष
दिन सामान्य राम्रो छ । कारणले चिन्ता बढ्नेछ । बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ ।

मिथुन
दिन सामान्य राम्रो छ । विद्याको क्षेत्रमा अझ राम्रो छ । अध्ययन अध्यापनमा फाइदा हुनेछ । आर्थिक, सामाजिक, क्षेत्रमा यथावत् रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना छ ।

कर्कट
आजको दिन त्यत्ति राम्रो छैन । आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउनेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ । राजनीतिमा राम्रो पकड रहला ।

सिंह
आजको दिन राम्रो छ । मानसिक रूपमा उमंग रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या
दिन राम्रो नै छ । सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकूल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ । मन खिन्न हुनेछ ।

तुला
दिन राम्रो छ । आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ ।

वृश्चिक
दिन सामान्य राम्रो छ । बोलीका कारण शत्रू बढ्नेछन् । शान्त रहेर बस्नु फाइदाजनक छ । धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ ।

धनु
दिन राम्रो छ । प्रशंसा बढ्नेछ । अरू क्षेत्रमा यथावत् रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ । सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ । लगानी भने नगर्नु उचित देखिन्छ । धार्मिक क्षेत्रमा रूची बढ्नेछ ।

मकर
आजको दिन सामान्य राम्रो छ । दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरू कार्यमा सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ
आजको दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ । तपाईंले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक, राजनीतिक क्षेत्रहरू सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिन
आजको दिन सबै क्षेत्र सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ । हनुमान भगवानलाई सम्झिए थालेको काममा सफलता मिल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested