English

प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’



तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् ।

पूर्वको पर्यटकीय गन्तव्य टीएमजेको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा १० मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो ।

विकास गुरुङ भन्छन्- ‘यो झरना आफैँमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्न सकिन्छ ।’

स्थानीयवासीका साथै स्थानीय, प्रदेश र संघीय सरकारकाे आँखा नपुगेको यो झरनालाई पर्यटकीय रूपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी-१ धनकुटाका विकास गुरुङले बताए । उनी भन्छन्- ‘यो झरना आफैँमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्न सकिन्छ ।’

कच्ची सडक छेउ जंगलको बीचमा रहेको झरना संरक्षणमा अहिले भने स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सीमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालीगुराँस नगरपालिका-२ तेह्रथुमका गोपाल भुजेलले बताए । ‘झरना संखुवासभाको धर्मदेवी नगरपालिकामा पर्छ स्थानीय सरकारले चासो दिएको छैन । अरू जिल्लाले त झन् ध्यान दिने कुरै भएन । जसका कारण ओझेलमा पर्दै आएको छ ।’ भुजलेले भने ।

मनीष श्रेष्ठ भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

घाम लागेको बेला झरनामा इन्द्रेणी देखिने भएकाले यसकाे नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका-१ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगे पनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरका मनीष श्रेष्ठले बताए । उनी भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

स्थानीय सरकार गठन भएको करिब पाँच बर्ष बित्न लाग्यो तर, यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू ओझेलमा पर्दै आएका छन् ।


यो पनि…
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

Latest










Popular
Suggested