English

एमसीसी संसदमा छलफल गर्न नेकपा एस तयार



नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ ।

शनिबारको बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा.बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थित र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन् ।

नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन समुहले तयार पारेको निष्कर्ष प्रस्तुत गरेका थिए । बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरूले दुवै विषयमा आ–आफ्ना धारणा राखेको विज्ञप्तिमा जनाइएको छ ।

‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि
नेपालमा एमसीसीबारे अमेरिका र चीन सवाल-जवाफ : कसले के भने ?



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested