English

सानो घरमा फराकिलो ठाउँ बनाउन यसो गर्नुहोस्



सुन्दर घरको चाहना सबैको हुन्छ । घर सानो होस वा ठूलो । स–साना कुराहरूलाई राम्रोसँग सजाउने हो भने सानो घर पनि सुन्दर देखिन्छ । तर, हामी कतिपय स–साना कुरालाई ध्यान दिँदैनौं र घरको सुन्दरतालाई बिगार्छौं । आउनुहोस् सानो घरलाई सजाउने केही तरिका जानौँ ।

– यदि घर सानो छ भने गाढा रंगका पर्दा तथा गलैँचाहरू प्रयोग नगर्नुुहोस् ।

– घरमा फराकिलो ठाउँ बनाउनको लागि सकेसम्म थोरै फर्निचरहरू राख्नुहोस् । यसो गर्दा घर खुल्ला र राम्रो देखिनेछ ।

– हल्का रंगको बेडसिट र सानो फ्लोरल प्रिन्ट भएका पर्दाहरूको प्रयोग गर्नुहोस् । जसले घरलाई खुल्लापन दिन्छ ।

– भित्ताहरूमा फिक्का रंगको प्रयोग गर्नुहोस्, पेन्टिङ गर्दा यस्ता रंगको प्रयोग गर्नाले घरका भित्ताहरू एकदमै राम्रो देखिन्छ ।

– भारी गलैँचाको सट्टा, सुन्दर डिजाइनको साथमा हल्का रंग भएका रगहरू बिछाउनुहोस् ।

– सुत्ने कोठाको ओछ्यानमा अनावश्यक सामानहरू नराख्नुहोस् ।

– बैठक कोठाको भुइँमा आरामदायी गद्दा राख्नुहोस् र यससँग कुशन र तकिया बिछ्याउनुहोस् ।

– धेरै ठाउँ लिने भारी फर्निचरको सट्टा कम ठाउँ खपत गर्ने फर्निचर अथवा टेबलको प्रयोग गर्नुहोस् ।

– सामानले भरिएको सुन्दर कोठामा सोफाको सट्टा सुन्दर डिजाइन गरिएका कुर्सीहरू राख्नुहोस् यसले घरलाई सुन्दर र फरक लुक्स दिनेछ ।

यो पनि…
घर सजाउने यस्ता छन् सरल उपाय
वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested