English

१०६ राजनीतिक दल दर्ता



निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो ।

जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोजद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ ।

स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्न आव्हान समेत गरेको छ ।
यो पनि
एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested