English

आज सेयर बजार बढ्यो, कारोबार घट्यो




सोमबार सेयर बजारको परिसूचक ०.०८ अंकले बढेर २७००.९८ पुगेको छ । अघिल्लो दिन नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८९ पुगेको थियो।

दिनभरमा २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ ७ पैसाको कारोबार भएको छ। कारोबार भएका कुल कम्पनीमध्ये १११ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये आठ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी पाँच उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर ८.१३ प्रतिशतले बढेको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइन्यान्स वित्तीय संस्थाको सेयर ४.७२ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोपावर कम्पनीको सेयर ४.२८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने जम्मा ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ ४० पैसाको कारोबार भएको हो।

यसपछि, एनटिसीको १७ करोड ७ लाख ८३ हजार ९ रुपैयाँ ५० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १५ करोड २३ लाख ७६ हजार १२५ रुपैयाँ ८० पैसा, अपि पावरको ११ करोड ५८ लाख ४२ हजार ५५७ रुपैयाँ ८० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको ११ करोड ४८ लाख ४९ हजार ६६८ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested