English

‘मह’ जोडीलाई ‘महामूर्ख’ उपाधि सर्वाधिक प्रिय उपहार



मिथिला नाट्य कला परिषद् (मिनाप)ले होलीको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आयोजना गर्ने महामूर्ख सम्मेलनमा यस वर्ष महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले आइतबार मह जोडीलाई उपाधि प्रदान गरेका थिए । सो अवसरमा महजोडीले उपाधि आफ्नो जीवनको सर्वाधिक प्रिय उपहार भएको धारणा राखे ।

मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । कार्यक्रमका अतिथि मन्त्री सोनलले आफै ‘मूर्ख शिरोमणि’को उपाधि पाएका छन् । सोनललाई मह जोडीले उपाधि प्रदान गरेका थिए ।

मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । कार्यक्रमका अतिथि मन्त्री सोनलले आफै ‘मूर्ख शिरोमणि’को उपाधि पाएका छन् । सोनललाई मह जोडीले उपाधि प्रदान गरेका थिए ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजीव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साहले ‘ढोरवा’को उपाधि पाएका छन् ।

उता महिला नेतृ विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एससी सुमनले ‘घरघुस’को उपाधि पाए । पर्यावरण अभियन्ता सुरेश शर्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह ‘लोढाशंकर’, वीरेन्द्र कर्ण ‘बज्रकिट’ र मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिले सम्मानित भए ।

महामूर्ख सम्मेलनको सुरुवात

मैथिली साहित्य परिषद वीरगञ्जले २०५० सालमा पहिलोपटक महामूर्ख सम्मेलनको आयोजना गरेको थियो । यसको परिकल्पना विश्लेषक चन्द्रकिशोरले गरेका थिए । वीरगञ्जमा करिब सात बर्ष महामूर्ख सम्मेलन गरियो । तर आयोजक संस्था मैथिली साहित्य परिषद सेलाउँदै गएपछि मिनापले २०६१ सालबाट महामूर्ख सम्मेलन जनकपुरधाममा मनाउन थाल्यो ।
तस्विरः हरिवंश आचार्यको फेसबुकबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested