English

तुलसी पानी पिउनुहोस्, फाइदा यस्ता छन्



रुघाखोकीको समस्या हरेक मानिसमा बारम्बार देखिइरहन्छ । रोग प्रतिरोधक क्षमता कम भएका मानिसलाई रुघाखोकीले पनि निकै सताउँछ । तर, अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस भयो कि भन्ने शंका पैदा हुन्छ ।

त्यसैले रुघाखोकीबाट बेलैमा बच्न जरुरी हुन्छ । यसका लागि औषधि खान जरूरी छैन । बरू रुघाखोकीबाट बच्न घरेलु औषधिको रूपमा प्रयोग हुँदै आएको तुलसी पत्ताको उचित प्रयोगले रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन सकिन्छ ।

तुलसीको पत्तालाई पानीमा उमालेर पिउने हाम्रो पुरानै परम्परा हो । पानीमा तुलसी पत्ता उमालेर पिउँदा रुघााखोकीलगायत धेरै रोगहरू निको हुन्छ । खासगरी सर्दिजन्य बिमारीमा तुलसी पत्ता हालेर उमालेको पानीलै निकै फाइदा गर्छ ।

तरिका

तुलसी पत्तालाई पानीमा उमाल्दा स्वाद र बढी फाइदाका लागि अरू केही सामग्री पनि मिसाउन सकिन्छ । जसले शरीरलाई स्वस्थ राख्न थप मद्दत गर्छ ।

तुलसीको पत्तालाई पानीमा उमाल्दा थोरै अदुवा, ज्वानो, बेसार र गुढ पनि हाल्दा बढी फाइदा गर्छ । यी सामग्रीलाई पानी हालेर केहीबेर उमाल्नु पर्छ । पानीमा हाल्नु अघि तुलसी र अदुवालाई हल्का कुट्नु पर्छ । सबै सामग्री हालेछि पानीलाई कम्तीमा १० मिनेटसम्म उमाल्नु पर्छ ।

यसरी उमालेर बनाएको पानीलाई निकालेपछि छानेर ग्लासमा हालेर केही बेर ठन्डा हुन दिनुपर्छ । केही ठन्डा भएपछि त्यसमा कागतीको रस थोरै मिसाउँदा स्वाद बढ्नुका साथै बढी फाइदाकारी पनि हुन्छ ।

यसरी बनाएको पानीमा स्वाद र फाइदाका लागि थोरै मरिच र दालचिनीको धुलो पनि हाल्न सकिन्छ । मरिच र दालचिनी दुबैले सर्दि भगाउन मद्दत गर्छ ।

माथि उल्लेख गरेअनुसारको सबै समान छैन भने पनि हाम्रो भान्सामा हरदम हुने बेसार र तुलसी पत्तामात्र पकाएर खाँदा पनि रुघाखोकी भगाउनका लागि निकै लाभदायक हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested