English

बुधबार प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव



समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।

प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ (बुधबार) का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो ।



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested