English

बेलायतमा कोभिड प्रतिबन्ध हटाइँदै



कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।

कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैं आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।

कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरूले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

यो पनि

कोरोना ग्राफ पुनः उकालो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested