English

नेप्से सँगै घट्यो कारोबार रकम पनि



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १६.३० अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक २२.११ अंक घटेर २८१३.४७ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ कम्पनीको ४५ हजार ११२ पटकको कारोबारमा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपियाँको ६५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

अघिल्लो कारोबार दिन सर्वाधिक घटेको लिबर्टी इनर्जीको शेयरमूल्य आज भने ३.०८ प्रतिशत बढेको छ। त्यसैगरी, २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य आज २.८० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ। त्यसैगरी, आज नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रुपियाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसेगरी, आज नेपाल टेलिकम, नेशनल हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested