English

एमसीसीविरुद्ध साना दल एकजुट



अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला साना वामपन्थी दलले भने विरोधमा भोलि मंगलबारदेखि आन्दोलन चर्काउने भएका छन् ।

२५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना वामपन्थी दलले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद भवन अगाडि विरोध प्रदर्शन र देशैभरीका सदरमुकाममा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएका छन् ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसविरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिलसमेत गरेका छन् ।

यसरी अपिल गर्ने साना वामपन्थी दलहरूमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

साथै, मोहन वैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरू क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पनि उक्त आन्दोलनमा सामेल हुने भएको छ ।

यो पनि

एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रको खुलासा, के छ पत्रमा ?

अमेरिकाले एमसीसी सम्झौतामा संशोधन नगर्ने

बालुवाटार बैठकमा के-के कुरा भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested