English

बालुवाटार बैठकमा के-के कुरा भयो ?



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् ।

आइतबार बेलुकी बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताएका छन् । ‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरू सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने ।

सभामुखको बहिर्गमन मुख्य एजेण्डा

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनको विषयलाई तीन दलका शीर्ष नेताहरूको बैठकमा मुख्य एजेण्डाको रूपमा प्रस्तुत गरेको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्नका लागि मार्गप्रशस्त गर्नुपर्ने सर्त अघि सारेको हो ।

एमाले महासचिव पोखरेलले प्रतिनिधिसभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भएपनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताए । सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उनले बताए ।

एमसीसीमा सहयोग गर्न ओलीलाई देउवा र प्रचण्डको आग्रह

प्रधानमन्त्री देउवाले एमसीसीलगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए ।

प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरूमा मिलेर जानु पर्ने धारणा राखेका थिए । एमालेले एमसीसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरूले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उनले जानकारी दिए ।

बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो

प्रचण्डले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् । बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् ।

सत्तापक्षले एमसीसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो । गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् ।

यो पनि

एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रकाे खुलासा, के छ पत्रमा ?

अमेरिकाले एमसीसी सम्झौतामा संशोधन नगर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested