English

टाउको दुखेर अस्पताल जाँदा डाक्टर अचम्मित



अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो ।

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाइको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए ।

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको बायाँ भागमा अनौठो वस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो वस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको खप्परभित्र कसरी पस्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो ।

करिब ८ वर्षको हुँदा उनी र उनका भाइ घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात् पड्किँदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरूले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरूले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन ।
गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो ।
यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested