English

च्याउखेती गर्न होमस्टे सञ्चालकलाई तालिम



लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउखेती प्रविधिबारे सीप सिकेका छन्। गाउँघरमै च्याउखेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन्।

ग्रामीण सामुदायिक विकास केन्द्रद्वा सञ्चालित युवा उत्थानशील परियोजनाअन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउखेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए। उनका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ।

परियोजनाले लमजुङका होमस्टे गाउँको प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ। काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउखेतीको तालिम प्रदान गरिएको हो।

परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ। काउलेपानीमा च्याउखेतीका लागि कार्यक्रम गरेको छ। बेसीशहर नगरपालिका-२ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ।

बेसीशहर नगरपालिका-२ चिसापानी, सुन्दरबजार नगरपालिका-५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ।

सुन्दरबजार-९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ। परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ।

परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउखेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ।

यो पनि

मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

Latest










Popular
Suggested