English

विश्व इतिहासमा आजः फेसबुकको स्थापनादेखि अमेरिकाको पहिलो राष्ट्रपति



आज ४ फेब्रुबरी सन् २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना

सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र

सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवश थियो ।

संयुत्त राज्य अमेरिका स्थापना

सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो । महासंघ स्थापनाका लागि ६ ओटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो ।

अमेरिकाको पहिलो राष्ट्रपति

सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्र«पतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए ।

यो पनि
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान
कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय, कारण यस्तो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested