English

गायक हनी सिंहलाई प्रहरी कार्यालयमा हाजिर हुन आदेश



भारतीय र्यापर हनी सिंहको अदालती मुद्दा र प्रहरीसँग पुरानो सम्बन्ध छ । कहिले घरेलु हिंसा मुद्दा त कहिले अश्लिल गीत गाएको आरोपमा उनी प्रहरी नियन्त्रणमा परिरहन्छन् । हालै मात्र पनि महाराष्ट्रको नागपुरस्थित जिल्ला अदालतले गायक हनीलाई ‘भ्वाइस स्याम्पल’ दिन भनेको छ ।

अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनीमाथि गीतका माध्यमबाट अश्लिलता फैलाएको आरोप लागेको छ । जिल्ला र अतिरिक्तसत्र न्यायाधीश एसएएसएम अलीले २७ जनवरीमा हनीलाई ४ देखि ११ फेब्रुअरीसम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो । हनीले आफूमाथि विदेश यात्रामा लगाइएको सर्तमा पनि कटौतीको माग गरेका थिए ।

अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुअरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुअरीदेखि ११ फेब्रुअरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ ।

अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुअरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुअरीदेखि ११ फेब्रुअरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक २५ जनवरीमा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।

अनुसन्धान अधिकारीहरूले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लिल सामग्री बिक्री, वितरण) र आइपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested