English

बेनी बजार संरक्षण योजनाको थालनी



कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो।

हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो।

बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह-बिएनबी कन्ट्रक्शनले यसै हप्तादेखि नदी किनारमा पक्की पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न थालेको छ। माउन्ट धवलागिरि कन्सट्रक्शनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्कस्थित कालीगण्डकी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न थालेको बताए।

‘मङ्गलाघाटको म्याग्दी नदी किनारमा केही दिनमै पर्खाल बनाइनेछ’, उनले भने। पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीका बासिन्दाको विरोधका कारण सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध बनाउन बाधा पुगेको छ। विवाद समाधान गर्न बेनी नगरपालिका जलजला गाउँपालिकालाई कम्पनीले अनुरोध गरेको छ। बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित नौ करोड ४५ लाखमा पुस तेस्रो साता ठेक्का सम्झौता भएको हो।

परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का रौताह-बिएनबीले पाएको बताए। कालीपुलमा ८० र सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ।

चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो। कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो। नदी नियन्त्रणको काम बर्खाअघिनै सम्पन्न गर्नुपर्ने स्थानीय टङ्क हमालको सुझाव छ।

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ। परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ तीन करोड तथा पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो।



सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested