English

होम आइसोलेसनमा कस्ता व्यक्ति बस्ने ?



अहिले दैनिकरूपमा कोरोना संक्रमित बढिरहेका छन् । यही बेलामा मौसमी रुघाखोकी पनि बढेकाले कोरोनाका लक्षण भएका र नभएका व्यक्ति छुट्याउन गाह्रो छ । त्यसैले, यस्ता व्यक्तिहरू होम आइसोलेसनमा बस्न सक्छन् ।

लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमित व्यक्तिहरू
– श्वासप्रश्वासमा समस्या वा सास फेर्न गाह्रो नभएका व्यक्तिहरू
अक्सिजनको मात्रा ९४ प्रतिशत वा त्यो भन्दा बढी भएमा
– सामान्य अवस्थामा स्वास दर प्रतिमिनेट २३ सम्म भएमा
– सजिलोसँग खान पिउन सक्ने व्यक्तिहरु
– आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्न सक्ने व्यक्ति

साथै, बढी जोखिममा नपर्ने व्यक्तिहरू जस्तै उच्च रक्तचाप, मुटुको समस्या, मृगौलाको रोग, क्यान्सर, मधुमेह आदिको सास्या नभएका र ६) वर्ष उमेर ननाघेका व्यक्तिहरू चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्र होम आइसोलेसन बस्नुपर्छ ।

आइसोलेसन कक्षमा चाहिने आवश्यक पूर्वाधारहरू तथा पूर्वतयारीहरू

पूर्वाधारहरू

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुटै कोठा
सम्भव भएसम्म स्नानघर र शौचालयको छुट्टै व्यवस्था
सरसफाइका लागि साबुन पानी र अन्य सामग्रीको छुट्टै व्यवस्था

पूर्वतयारी

महत्वपूर्ण फोन नम्बरहरू तयार राख्ने जस्तैः चिकित्सक, आफन्त, छिमेकी, साथीभाइ, सवारी साधन, ।
नियमित चाहिने औषधि, मास्क, स्यानिटाइजर, निःसंक्रमण गर्ने सामग्रीहरू कम्तिमा दुई हप्ताको लागि मौज्दात राख्ने ।
दूरी कायम हुनेगरी कोठा तथा ओछ्यान, कुर्सीहरू वा सामग्री मिलाउने ।
बालबालिकालाई तथा अन्य व्यक्तिलाई चाहिने दैनिक उपभोगका सामग्रीहरू ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested