English

यी अभिनेत्री जसले लगाउँछन् हजारौं मूल्यका बिकिनी, कसको कति ?



बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ ।

केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । त्यहाँ उनले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बिर खिचाइन् । कैटरिनाको नियोन मल्टी कलर बिकिनीको मूल्य १० हजार नौ सय भारु हो ।

कम उमेरमै दर्शकको मनमा बस्न सफल अभिनेत्री जाह्नवी कपूरले हालैमात्र बिकिनी तस्बिर पोस्ट गरेकी थिइन् । स्विमिङ पुलमा जुन बिकिनी लगाएर फोटोसुट गराएकी थिइन्, त्यो बिकिनीको मूल्य १७ हजार चार सय ९० भारु पर्छ ।

हालका दिनमा अभिनेत्री अनन्या पाण्डे आफ्नो नयाँ फिल्म ‘गहारइयाँ’को प्रमोसनमा व्यस्त छिन् । अनन्याले पनि धेरैपटक बिकिनीमा फोटोसुट गराइसकेकी छन् । उनको थ्री पिस बिकिनीको मूल्य १६ हजार दुई सय ४० रुपैंयाँ पर्छ ।

अभिनेत्री करीना कपूर जहिल्यै आफ्नो फेसन सेन्सबाट दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् । केही समयअघि उनले लगाएको जियोमेट्रिक प्रिन्ट स्विमसुटको चर्चा निकै भएको थियो । यसको मूल्य दुई हजार ५ सय ९० रुपैंयाँ पर्छ ।

हालैमात्र आमा बनेकी अभिनेत्री प्रियंका चोपडा पनि समय–समयमा बिकिनीको ग्ल्यामर तस्बिर पोस्ट गरिरहन्छिन् । उनले लगाउने गरेको रेड स्विमसुटको मूल्य २८ हजार दुई सय रुपैंयाँ हो ।

अभिनेत्री सारा अलि खान पनि स्विमवेयरलाई निकै देखिने गर्दछिन् । ओरेन्ज र पिंक रंगको स्विमवेयरमा सारा निकै सुन्दर देखिन्छिन् । यो स्विमवेयरको मूल्य १० हजार चार सय रुपैंयाँ हो ।

अभिनेत्री दिशा पटानी प्रायः छुट्टीमा गइरहन्छिन्, जहाँबाट उनले आफ्नो बिकिनी तस्बिर सार्वजनिक गर्छिन् । कसैले दिशाको ओरेन्ज शेड बिकिनी सम्झिएको छ भने त्यसको मूल्य १२ हजार आठ सय रुपैंयाँ पर्दछ ।

यो पनि…
११ वर्षपछि सुनील सेट्टी र सञ्जय दत्त सँगै
ब्राबारे बोल्दा विवादमा श्वेता तिवारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested