English

जनमतका कार्यकर्तामाथि कारबाही गर्न सरकारको निर्देशन



मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीको निर्देशन दिएको छ।

मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै तोडफोड र सांघातिक आक्रमण घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कारबाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन्।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा. सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएको प्रदेश सरकारले जनाएको छ।

‘घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,’अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested