English

भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य



आज (माघ १२) भारतले ७३औं गणतन्त्र दिवस मनायो। कोभिडका कारण यस वर्षको गणतन्त्र दिवसमा विदेशी आगन्तुक सहभागी भएनन्। गणतन्त्र दिवसबारे केही रोचक तथ्य यस्ता छन्ः

-भारतमा सन् १९५० देखि सन् १९५४ मा गणतन्त्र दिवसको परेड इरविन रंगशाला (अहिलेको राष्ट्रिय रंगशाला) मा मनाइन्थ्यो।

-सन् १९५५ देखि भने गणतन्त्र दिवस राजपथमा मनाउँदै आएको छ। कुनै बेला दरबारमार्गसमेत भनिने राजपथ भारतका तत्कालीन सम्राट जर्ज पाँचौको सम्झनामा राखिएको हो। भारत स्वतन्त्र भएपछि मात्र त्यसको नाम राजपथ राखिएको थियो।

-हरेक गणतन्त्र दिवसमा विदेशका राष्ट्रप्रमुख वा सरकार प्रमुुख अतिथिको रुपमा सहभागी हुने परम्परा छ । सन् १९५० मा पहिलो गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नो प्रमुख अतिथि थिए।

सन् १९५१ मा दोस्रो गणतन्त्र दिवसमा नेपालका राज त्रिभुवन वीर विक्रम शाह देव प्रमुख अतिथि थिए। तर, कोभिड महामारीका कारण यस वर्षको गणतन्त्र दिवसमा कुनै विदेशी अतिथिलाई बोलाइएन। यसअघि पनि कोभिडकै कारण सन् २०१९ र सन् २०२० का गणतन्त्र दिवसमा पनि विदेशी अतिथि बोलाइएको थिएन्।

-राजपथमा राष्ट्रपतिको आगमनसँगै परेड सुरु हुन्छ। राष्ट्रपति भवनदेखि इन्डिया गेट हुँदै रेड फोर्टसम्म परेड हुन्छ। त्यसपछि राष्ट्रपतिले झन्डोत्तलन गर्छन्। राष्ट्रिय गानपछि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइन्छ।

यो पनि

भारतको ७३औं गणतन्त्र दिवसमा ‘आजादीका अमृत महोत्सव’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested