English

४ दिनमा १५४ अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा खुम्चियो



पछिल्लो समय सेयर बजार सुस्ताएको छ । साताको कारोबारको चाैथो दिनसम्म आइपुग्दासम्म नेप्से सूचक डेढ सय अंकभन्दा बढीले घटेको छ। गत चार दिनमा नेप्से सूचक १५४.७३ अंकले घटेको हो ।

बुधबार पनि नेप्से सूचक ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि ६.५६ अंकले घटेको छ।

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। ८ अर्बमाथि पुगेको कारोबार रकम ४ अर्ब रुपैयाँमा झरेको छ। मंगलबार पाँच अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ३१ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। यस दिन ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन विन लघुवित्त र बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। भने सीइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्सको ४ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको १.९७ प्रतिशतले बढेको छ।

यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत, मानुषी लघुवित्तको ४.२४ प्रतिशत, समृद्धि फाइनान्सको ३.६५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.५० प्रतिशत र एसियन लाइफ इन्स्योरेन्सको ३.४६ प्रतिशतले घटेको छ।

बुधबार अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ।

यो पनि
सुस्तायो शेयर बजार
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested